ज्योति विकास बैंकको आज साधारणसभा, यस्ता छन् पेश हुने प्रस्तावहरु

डिसी नेपाल
१४ फागुन २०७९ १०:४४

काठमाडौँ। ज्योति विकास बैंकको आइतबार साधारण सभा बस्दैछ। कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दै छ। आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ।

बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरिसकेको र माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। उक्त सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।

साथै आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ भने उक्त सभामा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने प्रक्रिया अथवा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *