कारोबार खुलेको ३० मिनेट नबित्दै चार कम्पनीको सेयर भाउमा नेगेटिभ सर्किट

डिसी नेपाल
१४ फागुन २०७९ ११:३९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर भाउमा नकारात्मक सर्किट लागेको छ। कारोबार खुलेको २० मिनेट नबित्दै चार कम्पनीको सेयर भाउमा सर्किट लागेको हो।

महिला लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, आदर्श लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर भाउ १० प्रतिशतले घटेको हो।

महिला लघुवित्तको सेयर भाउ २३७ रुपैयाँ १० पैसाले घटेर २ हजार १ सय ३४ रुपैयाँ ४० पैसा र जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ २७७ रुपैयाँ ८० पैसाले घटेर २ हजार ५ सय रुपैयाँ ५० पैसा पुगेको छ।

यस्तै, आदर्श लघुवित्तको सेयर भाउ १७२ रुपैयाँ ५० पैसाले घटेर १ हजार ५ सय ५२ रुपैयाँ ८० पैसा र धौलागिरी लघुवित्तको सेयर भाउ १०६ रुपैयाँ ६० पैसाले घटेर ९ सय ५९ रुपैयाँ ९० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *