कांग्रेस र एमाले दुबै प्रतिपक्षको कुर्सीमा

डिसी नेपाल
१७ फागुन २०७९ ९:२७
960
Shares

काठमाडौँ। प्रतिनिधसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेञ्चमा बस्ने भएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुबै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं।’ सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्धा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो।

उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारवाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो। त्यसका लागि संसद सचिवालयमा पनि जानकारी गराईसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *