जजीराले २५ फागुनदेखि गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने
काठमाडौँ। कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा २५ फागुनदेखि पुनः उडान सुरू गर्ने भएको छ। जजीरा एयरवेजले फागुन २५ २०७९ गतेदेखि भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान भर्नेछ।
उडान तालिकाः

जजिराले भैरहवाबाट कुबेतका लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ। साथै, जजिरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ रुपैयाँको विशेष प्रारम्भिक एकतर्फी उडान भाडा कायम गरेको समेत जनाएको छ ।
नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने, ‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजिरा एयरवेजको प्रतिबद्धताअनुसार नै हामीले मध्यपूर्वमा बसोबास गर्ने विशेषगरी भारतीय नागरिकहरुका बीचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवर्द्धन गर्दैछौँ। यस प्रवर्द्धनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ भन्नेमा हामी विश्वस्त छौँ।’







डिसी नेपाल







Facebook Comment