प्रदेश १ को नामाकरण: नेकपा एस र जसपावाट ‘किरात-लिम्बुवान-सगरमाथा’ प्रस्ताव दर्ता

डिसी नेपाल
१७ फागुन २०७९ १४:३८
88
Shares

बिराटनगर। प्रदेश १ को नाम नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, नेपालले ‘किरात-लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन्।

नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामाकरण गर्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराए पछि नेकपा एस र जसपा नेपालले लामो नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने प्रस्ताव दर्ता गराएका हुन्।

नेकपा एसका मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ।

नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको सर्मथनमा ‘कोशी’ नाम यसअघि नै दर्ता भइसकेको छ। एमालेको ४० र कांग्रेसको २९ मत रहेकाले बहमुतका आधारमा सहजै प्रदेश नामको प्रस्ताव पारित हुनेछ। आवश्यक ६३ मत भन्दा बढी ६९ मत रहेकाले कांग्रेस एमालेको प्रस्ताव पारित हुने देखिएको छ।

एमाले कांग्रेसको प्रस्तावलाई माओवादी केन्द्रले पनि समर्थन जनाउन सक्ने भएकाले आजै नामाकरण हुने गरी प्रदेश संसद सचिवालयले कारबाही अघि बढाएको छ । अपरान्ह १ बजेको बैठक बोलाए पनि सहमतिको प्रयास जारी रहेको भन्दै अझै बैठक सुरु भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *