धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद

डिसी नेपाल
२१ फागुन २०७९ १८:५२

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ।

कोसी राजमार्गको धरान-धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

गाडी चालक भने फरार रहेको बताइएको छ। शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए।

गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *