रातमा निद्रा लाग्दैंन? यी उपाय अपनाउनुहोस्

काठमाडौं । स्वस्थ जीवनशैलीको आनन्द लिनको लागि पर्याप्त निद्रा आवश्यक हुन्छ। यद्यपि कतिपय व्यक्तिहरू प्रायः निद्रा नलाग्नेको शिकारबाट पिडित हुने गर्दछन् । जसका कारण उनीहरुको निन्द्रा पूरा हुँदैन । कसैलाई ओछ्यानमा पुगेपछि निदाउन घन्टौं लाग्ने, कोही निद्राको बीचबीचमा कैयौंपल्ट बिउँझिने र कसैको निद्रा खुलेपछि फेरि निदाउन नसक्नेजस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा केही सरल टिप्सहरू अपनाएर केही मिनेटमै गहिरो निन्द्रा मात्र लाग्दैन आफूलाई स्वस्थ राख्न पनि सकिन्छ।
विज्ञहरुका अनुसार राति ६ देखि ८ घण्टा सुत्नु आवश्यक हुन्छ । आजको व्यस्त जीवनशैली र तनावका कारण धेरैलाई राती निन्द्रा पर्दैन । त्यसैले हामी तपाईलाई गहिरो निद्रा लिने केही उपाय बताउन गइरहेका छौं। जसको मद्दतले तपाई दिनभर सक्रिय र ऊर्जावान रहन सक्नुहुन्छ।
मसाज प्रयास गर्नुहोस्–राती निद्रा नलागेको अवस्थामा, मसाज थेरापी प्रयास गर्नु उत्तम विकल्प हो। यसका लागि केही तेल लिनुहोस् र आफ्नो टाउकोमा मालिस गर्नुहोस्। जसका कारण तपाईलाई धेरै आराम महसुस हुनेछ र निद्रा पनि छिट्टै आउँछ।
नुहाउन नबिर्सनुहोस्– राति राम्रोसँग सुत्न मनतातो पानीले नुहाउन सक्नुहुन्छ। वास्तवमा मनतातो पानीले नुहाउँदा शरीरको सम्पूर्ण थकान हट्छ । जसले गर्दा राम्रो निन्द्रा लाग्छ । यस्तो अवस्थामा सुत्नुअघि मनतातो पानीले नुहाउन नबिर्सनुहोस्।
किताब पढ्नुहोस्– पर्याप्त निद्राको लागि पुस्तक पढ्नु पनि राम्रो विकल्प हुन सक्छ। यस्तो अवस्थामा सुत्नुअघि आफ्नो मनपर्ने किताब पढ्न सक्नुहुन्छ। यसले तपाईलाई धेरै राम्रो महसुस गराउनेछ र निद्रा पनि सजिलै आउँछ।
कसरत नगर्नुहोस्– कसै–कसैको सुत्नुअघि कसरत वा शारीरिक गतिविधि गर्ने बानी हुन्छ। तर यसले तपाईंको शरीर सक्रिय बनाउँछ र तपाईंलाई निद्रामा समस्या हुन सक्छ। त्यसैले सुत्नुभन्दा तीन घण्टा अगाडि कसरत नगर्नु राम्रो हुन्छ ।
यसका साथै सुत्ने कोठा शान्त हुनुपर्छ, दिउँसो भरसक नसुत्नुहोस् । सुत्नुअघि चिया, कफी नखाने। बढी वा थोरै भोजन नखाने। बेलुकाको भोजन पनि हलुका गर्ने।
सधैं निश्चित समयमा सुत्ने बानी बसाल्ने। राति छिट्टै सुत्ने र बिहान पनि छिट्टै उठ्ने। सुत्ने बेलामा मात्र बिछ्यौनामा जाने। निद्रमा समस्या देखिन थालेपछि धूमपान र मध्यपान नगर्नुहोस् । यसो गर्दा तपाईको निन्द्रा नलाग्ने समस्या हटेर जान्छ ।
Facebook Comment