विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, चार राउन्ड हवाई फायर

डिसी नेपाल
५ चैत २०७९ १८:१८
140
Shares

विराटनगर। कोशी प्रदेश नामाकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा सशस्त्र चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा भेला भएका सहभागिहरु मुख्यमन्त्री तथा मंत्रीपरिषद कार्यालय अगाडि जाने क्रममा झडप भएको हो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। उनीहरुले प्रदेश १ को नाम कोशी प्रदेश मान्य नहुने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै आन्दोलन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *