प्रचण्ड विश्वास गर्न लायक मान्छे नै होइनन्, विश्वास छैन : एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
बैठकमा एमाले अध्यक्षले भने, ‘आज हामी धेरै कुरा केही भन्दैनौ । विश्वास छैन भन्ने कुरा गर्छौ । तपाई विश्वास लायक मान्छे नै होइनन्।’
संसदीय प्रणालीमा कैले कैले यस्तो हुने भन्दै ओलीले यसअघि अलि अलि विश्वास थियो र मत दिएको तर अब भने त्यो विश्वास समेत कामय नरहेको तर्क गरे।
उनले भने, ‘कैले कैले संसदको विडम्बना यस्तो पनि दिन आउँदो रहेछ । यस्तो मान्छेलाई विश्वास छ भनेर। हेर्दा हेर्दै यहाँ विश्वास पनि प्रकट हुन सक्छ यो संसदीय प्रणाली हो । त्यसो हुनाले हामी विश्वासको मत दिन सक्दैनौं नभएको विश्वास कहाँबाट ल्याउँ तपाई विश्वास लायको मान्छे नै होइन।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले, प्रचण्डले आफुले प्रधानमन्त्री बनाएको भोलि पल्टै प्रचण्डले धोका दिएको भन्दै आक्रोस पोखेका थिए । उनले पार्टी भित्रै पनि प्रचण्ड विरुद्व बोल्ने मान्छे नभएको र उनले अरुको कुरा नसुन्दा गठबन्धन नटिकेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिइरहेका छन्। यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्।
Facebook Comment