२२.६५ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब २९ करोडमाथिको कारोबार

डिसी नेपाल
६ चैत २०७९ १५:२०

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अङ्कले बढेर ३६६.२३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आईएमई जनरल इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एशिया बैंक र सिटिजन्स बैंकको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचक बढेको हरियाली छाएको छ। आजको कारोबारमा युनिक नेपाल लघुवित्त र न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सपोर्ट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *