मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ चैत २०७९ ९:३३

काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३९ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ।

जापानी येनमा १० एकको खरिदमा १० रुपैयाँ ०५ पैसा र विक्रीमा १० रुपैयाँ ०९ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ०८ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *