सिटी होटेलले पायो आइपिओ निष्काशनको अनुमति
काठमाडौँ। सिटी होटेलले आइपिओ निष्काशनको अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ निष्काशन अनुमति दिएको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल १६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। यो आईपीओ कम्पनीले सर्वसाधारणका लागि जारी गर्नेछ। यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ।
प्रतिक्रिया
Facebook Comment