सत्ता गठबन्धनका संसदीय दलका प्रमुख सचेतकसँग प्रधानमन्त्रीले छलफल गर्दै

डिसी नेपाल
८ चैत २०७९ १०:४३

काठमाडौं । सत्तारुढ गठबन्धनका संसदीय दलका प्रमुख सचेतकहरु सँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्न लागेका छन् । उनले सत्तारुढ गठबन्धनका प्रमुख सचेतक र अन्य साना दलका सांसदहरु सँग अहिले १२ बजे बालुवाटारमा छलफलका लागि बोलाएका हुन् ।

सरकारलाई पूर्णता दिने तयारीका लागि छलफलमा बोलाएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले सोमबार विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रंचण्डले सरकारमा सहभागीताका लागि गठबन्धनमा गृहकार्य थालेका छन् ।

सरकारलाई विश्वासको मत दिएका सबै दलको सहभागीतामा सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी रहेको छ । आज हुने छलफलमा सरकारमा सहभागीता र साझा कार्यक्रमका बारेमा छलफल गर्न सत्ता गठबन्धनका सांसदसँग छलफल थालेको  बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *