ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
८ चैत २०७९ ११:११

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय  ४० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *