सेयर बजार राताम्मे, १५.७६ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
८ चैत २०७९ १५:१३

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३२ अङ्कले घटेर ३६३.९० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा मायाखोला हाइड्रोपावर र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बोटलर्स नेपाल (तराई) र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *