यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
९ चैत २०७९ ९:०३

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४० पैसा र बिक्रीमा ८८ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९४ पैसा र विक्रीमा ९ रुपैयाँ ९८ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ६२ पैसा र बिक्रीमा २९ रुपैयाँ ७६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *