कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

डिसी नेपाल
९ चैत २०७९ ११:५६

काठमाडौँ। कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ। ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ। उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ। नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो।

यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ। सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो। सोही रेन्जको विन्दुबाट सेयर कारोबार खुला भएको हो।

नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो। कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *