सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश

डिसी नेपाल
९ चैत २०७९ १५:१५

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अङ्कले घटेर ३६१.०१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज २१ करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिद्धार्थ बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा मायाखोला हाइड्रोपावर र एशियन हाइड्रो पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *