कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने निर्णय भएको छैनः पूर्णबहादुर खड्का

डिसी नेपाल
१२ चैत २०७९ १८:४३

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म निर्णय नभएको बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खड्काले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन कुन मन्त्रालयमा जाने भन्ने बिषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएका हुन्।

उनले कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको ठोकुवा गरे। खड्काले गठबन्धनमा मन्त्रिपरिषद् विस्तारको बिषयलाई कुनै विवाद नरहेको दावी गरे।

उनले दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *