प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

डिसी नेपाल
१३ चैत २०७९ ९:१९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।

सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार  भेटवार्ता जारी छ।

प्रधानमन्त्री र सभामुख बीचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *