जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल

डिसी नेपाल
१३ चैत २०७९ ११:२८

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जनताप्रतिको सेवाभावको अठोट हुनुपर्ने बताएका छन्।

काठमाडौं सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने र यसप्रतिको अठोट र प्रतिबद्धता आवश्यक पर्ने बताएका हुन्।

जनतासँग निरन्तर नजिक रहेर उनीहरुका दुःख, समस्या बुझेर समाधान गर्न राजनीतिज्ञमा अठोट, प्रतिबद्धता र समर्पण आवश्यक पर्ने भन्दै राष्ट्रपति पौडेलले राजनीति भनेकै देश र जनताको सेवा रहेको बताए।

राजनीतिज्ञमा हुने गुण स्वर्गीय जोशीमा रहेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले देश र समाज परिवर्तन तथा जनताको सेवाका लागि सधैं जोशी क्रियाशील रहेका बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *