गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइनः उप्रधानमन्त्री श्रेष्ठ

डिसी नेपाल
१३ चैत २०७९ १६:४४

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन्।

श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले सो अभिव्यक्ति दिएका हुन्। सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र)ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन्।

तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए। साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ।

केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *