साताको सेयर बजारः ३ दिन बढ्यो, २ दिन घट्यो
काठमाडौं। चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो। सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो।
यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको सेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो।
बुधबार भने नेप्से झिनो अंकले बढेको थियो। उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो। सोही दिन कारोबार रकम भने घटेको थियो।
गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। लगातार तीनदिनदेखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ।
बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ।
आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ।







डिसी नेपाल







Facebook Comment