यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ चैत २०७९ ९:००

काठमाडौं।नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६२ रुपैयाँ १२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ०३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ९२ पैसा र विक्रीमा ९ रुपैयाँ ९६ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ७२ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *