सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै

डिसी नेपाल
१७ चैत २०७९ १०:१३
180
Shares

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ। सभामा बैंकले गत वर्षको नाफाबाट कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

बैंकले गत वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबमा छलफल हुनेछ। सभा प्रयोजनको लागि बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिसकेको छ। जसअनुसार  फागुन २७ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *