८.२८ अंकले घट्यो नेप्से, तीन समूहबाहेक सबै राताम्मे

डिसी नेपाल
२३ चैत २०७९ १५:०९
104
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अङ्कले घटेर ३५३.०३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड ६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ४ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नेपाल रि-इन्स्योरेन्स कम्पनी र नबिल बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै मध्ये ३ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा कालिनचोक दर्शन र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिम्लिङ्ग पावर र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *