सेयर बजारः सातामा चार दिन घट्यो, एक दिन बढ्यो

डिसी नेपाल
२३ चैत २०७९ १७:४५
60
Shares

काठमाडौं। चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो।

उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो। सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो।

यसैगरी, सेयर बजार सोमबार पनि घटेको हो। सोमबार नेप्से परिसूचक १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा अडिएको थियो। सोही दिन कारोबार रकम पनि घटेको थियो।

आइतबार १ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार सोमबार घटेर ९२ करोड रुपैयाँको कारोबार गरेको थियो।

यसैगरी, साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घट्ने क्रमले निरन्तरता पायो। मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको थियो।

उक्त दिन पनि कारोबार रकममा खासै परिवर्तन भने आएन। मंगलबार ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो।

यता बुधबार भने सेयर बजारमा केही राहत मिलेको थियो। बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागेको थियो। तर, त्यसदिन सेयर बजार बढे पनि कारोबार रकम भने घटेको थियो। बुधबार ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढी रकमको कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ। बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेको हो। कारोबार रकममा भने बिहीबार केहीहदसम्म रात मिलेको हो। यसदिन ९२ करोड भन्दाबढी रकमको सेयर कारोबार भएको भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *