मुलुकलाई आर्थिकरुपमा स्वाधिन बनाउन सहकारीको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

डिसी नेपाल
२३ चैत २०७९ १९:४४
64
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रको विकास र विश्वासनीयतामा उव्जेका आशंका र प्रश्नहरुको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

बिहीबार काठमाडौंमा तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र राज्यले उच्च प्राथमिकतामा राखेको सहकारीको विकास र विश्वासनीयतामा समेत केही आशंका र प्रश्नहरू उठिरहेको सन्दर्भमा स्वनियमनलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न अनुरोध समेत गरे।

नेपालको अर्थतन्त्रको एक खम्बाको रूपमा रहेको सहकारी अभियानलाई सशक्त रूपमा स्थापित गराउन आवश्यक पहलकदमी लिन नेपाल सरकार सदैव तत्पर रहने उनले बताए।

वित्तीय क्षेत्रमा देखापरेको तरलताको समस्या सहकारीमा समेत देखा परिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सदस्यको बचतका साथसाथै सहकारीप्रतिको आशा र भरोसा समेतको सुरक्षा गर्नुपर्ने दायित्व यतिबेला देखापरेको बताए।

ऐन, कानुन र सहकारी सिद्धान्त, मूल्य मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाहरुमा आएका समस्या समाधानमा सरकारको तर्फबाट आवश्यक सहजीकरण गरिने उनको भनाइ छ।

त्यस्तै उनले आयातमुखी अर्थतन्त्रलाई निरूत्साहित गरी उत्पादन संरक्षण र प्रर्बद्धन गर्ने सन्र्दभमा सहकारी अभियानसँग समन्वय र सहकार्य गर्नु सरकारको प्राथमिकता रहने धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *