‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’का इकाइहरु वैशाख ६ गतेदेखि आउँदै
काठमाडौँ। सिटिजन्स बैंकले वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ। कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन गर्न लागेको हो।
सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा खुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक र योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकि रहेको ८ करोड ५० लाख सर्वसाधारणले आवेदन दिन पाउने छन्।
सो इकाईका लागि वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति वैशाख २० गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।







डिसी नेपाल







Facebook Comment