उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा कमला श्रेष्ठको उम्मेदवारी

डिसी नेपाल
२४ चैत २०७९ ११:५७

काठमाडौँ। नेपालकी प्रथम ब्युटिसियन कमला श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएकी छन्।

ललितपुरको कुपण्डोलस्थित साइम ब्युटी सैलुन सञ्चालन गर्दै आएकी उनले वस्तुगत तर्फको कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन्।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहगत र  वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट कमलाले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।

महासंघअन्न्तर्गतर्क कार्यसमिति सदस्य, महिला उद्यमी समिति सभापतिको भूमिका निर्वाह गरिसकेकी कमलाले यसपटक कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएकी हुन्।

उनीहरुले गत मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो। महासंघको निर्वाचन आगामी बुधबार (चैत २९ गते) निर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *