सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२६ चैत २०७९ ९:३५

काठमाडौँ। सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी रजनी प्रधान र शिशिरनाथ ज्ञवालीको नाममा रहेको छ।  संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता रहेका छन्।

यस सेयरमा हाल संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

तोकिएको अवधिसम्म संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य सर्वसाधारण र संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *