द्वन्दपीडित सुरक्षाकर्मीका परिवारलाई क्षतिपूर्तीको माग गर्दै बानेश्वरमा धर्ना
काठमाडौं। सशस्त्र द्वन्दका कारण पीडित सुरक्षाकर्मीका परिवारले काठमाडौंमा धर्ना दिएका छन्।
पिडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्नुपर्ने भन्दै द्वन्दपीडित सुरक्षाकर्मी परिवार संस्थाले सोमबार काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।
उनीहरुले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तीको माग गर्नुका साथै पिडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन्।
यसअघि पनि द्वन्दमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनले आफूहरुमाथि विभेद गरेको उनीहरुको आरोप छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment