एके ४७ को सुरक्षा घेरामा चक्रे मिलन, प्रहरी प्रशासनलाई चुनौती ! (भिडियाे)
चक्रे मिलन । फाइल फाेटाे।
काठमाडौं । चर्चित गुण्डा नाइके चक्रे मिलनले वर्तमान शान्ति सुरक्षालाई नै चुनौती दिएका छन्। उनको सुरक्षामा खटिएका एक व्यक्तिले एके ४७ रिभल्वर बोकेको देखिएपछि शान्ति सुरक्षा र प्रहरी प्रशासनलाई चुनौती दिएको पुष्टि भएको छ।
राजधानीको चक्रपथ र ठमेल क्षेत्रमा गुण्डागर्दीको राज चलाउँदै आएका चक्रेको अहिले अत्याधुनिक हतियार एके ४७ को सुरक्षामा नेपालगञ्जमा देखिएका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त भिडियोमा चक्रेको पछि पछि हिडेका एक व्यक्तिको साथमा एके४७ हतियार देखिएको छ।
टिकटकबाट सार्वजनिक गरिएको उक्त भिडियोमा नेपालगञ्जको सिदार्थ होटलबाट बाहिरिँदै गरेका चक्रे मिलनसँगै रहेका एक युवकले बन्दुक बोकेको देखिएको छ । नेपालगञ्जकै ज्ञानु वली र विमल केसीको निमन्त्रणमा नेपालगञ्ज पुगेका चक्रेको साथमा हतियार बोक्ने युवा गणेश बोगटी भएको स्रोतको दावी छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको बताएका छन्।
गुण्डा नाइकेहरु घैंटे भनिने कुमार श्रेष्ठ र दिनेश अधिकारी चरी प्रहरी इन्काउन्टरमा मारिएपछि गुण्डागर्दी शून्यमा झरेको भएपनि अहिले चक्रे मिलनले सो हतियार प्रर्दशन गरेपछि भने गुण्डाहरु सल्बलाउन थालेको पुष्टि भएको छ।
भिडियाे







डिसी नेपाल







Facebook Comment