निर्वाचन आचारसंहिताविपरीत बारा-२ मा चुनाव प्रचार
बारा। निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ। तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन्।
गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन्।
उनीहरुले निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन्।
सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष यादवको प्रमुख अतिथ्यतामा भएको थियो। कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरुसंग आग्रह गरेका थिए।
कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविश्वास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment