कोरोना संक्रमित एक जनाको मृत्यु

डिसी नेपाल
२८ चैत २०७९ १६:३८
144
Shares

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ।

यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन्।

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ।

काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सवीवी१.१६ देखा परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *