सन्दीप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजालसमा, आजै फैसला आउन सक्ने
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ।
काठमाडौं जिल्ला अदालतले सम्भवतः आज सुनाउने फैसलाका लागि न्यायाधीश ढकालको इजालसमा पेशी ताेकिएकाे हो। पेशी चौथो नम्बरमा छ। नेपाली राष्ट्रिय क्रिकेटका पुर्व कप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो। बहस सकिएको खण्डमा आजै फैसला आउनेछ।
अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा क्रिकेटरहरुको बकपत्र गराउन छुटेको तथा सो कार्य गत बुधबार सम्पन्न भएपछि आजै फैसाला हुन सक्ने बुझिएको छ। गत बुधबार चिकित्सक र क्रिकेटरसहित ३ जनाको बकपत्र गराइएको थियो।
नाबालिग बलात्कारका मुद्दामा पुर्पक्षका लागि थुनामासमेत परेका लामिछाने उच्च अदालतको आदेशबाट रिहा भएका थिए। उनी जेल बाहिर नै बसेर अहिले मुद्दा लडिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment