चुच्चे नक्सा छोपेर व्यापारी सांसदको शुभकामना

डिसी नेपाल
११ वैशाख २०८० ११:२५

काठमाडौं। भारतीय मूलका नेपाली सांसद तथा व्यापारी विनोद चौधरीले भारतलाई खुशी पार्ने गरी नेपालको लोकतन्त्र दिवसको शुभकामना दिएका छन्।

अघिल्लो संघीय संसदले सर्वसम्मतिले पारित गरेको नेपालको चुच्चे नक्साको चुच्चो छोपेर उनले लोकतन्त्र दिवसको शुभकामना दिएका हुन्।
मुलुकको नक्साको अवहेलना गरेर दिएको शुभकानाले नेपाली सार्वभौतिकताको अपमान गरेको छ।

चौधरीले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालको चुच्चे नक्सालाई नियतवश छोपेर भारत नरिसाउने गरी शुभकामना दिएका हुन्। चौधरी नेपाली कांग्रेसका निर्वाचित सांसद हुन्।

नेपालको संसदले सर्वसम्मतिले जारी गरेको चुच्चे नक्सा देखिने गरी शुभकामना दिँदा भारत रिसाउने डरले नेपालको नक्साको चुच्चो छोपेर शुभकामना दिएका चौधरीकाे आलोचना भएको छ। मुलुकको सार्वभौतिकताप्रति गर्व गर्न नसक्नेले लोकतन्त्रको फुईँ हाँकेको अर्थको रुपमा चौधरीको शुभकामना सन्देशलाई लिइएको छ।

उनले नियत खराब राखेर लोकतन्त्रको उत्सव मनाएजस्तो त गरेका छन् तर त्यसले नेपाली जनता र सार्वभौमिकतामाथि प्रहार भएको छ।
अझ रमाइलो त के भने उनले लोकतन्त्र दिवसको शुभकामना दिनु दुई दिन अघि नै कसरी त्यसको डिजाइन गर्ने भन्ने विषयमा छलफल गरेका थिए।

स्रोतका अनुसार दुई दिन अघि चौधरीले आफ्ना सहयोगीसँग यो विषयमा छलफल गरेका थिए। सो छलफलका क्रममा नेपालको नक्साको चुच्चो भाग छोपिने गरी डिजाइन गर्ने सहमति भएको थियो।

सोही डिजाइन अनुसारको नक्सा बनाएर चौधरीले सोमबार बिहान शुभकामना दिएका छन्। चौधरीले जारी गरेको शुभकामनामा नेपालको  झण्डाले नक्साकाे चुच्चो भाग छोपिएको छ। जसको चौतर्फी विरोध भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *