संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन विशेष समिति गठन हुने

डिसी नेपाल
११ वैशाख २०८० १७:१८

काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गरेर निष्कर्षमा पुग्न संसदीय विशेष समिति गठन गर्ने पनि सहमति भएको एमालेका प्रमुख सचेकत पदम गिरीले जानकारी दिए ।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति जुटेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *