कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटका विषयमा छलफल हुने
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो। बैठक १० बजेका लागि बोलाइएको छ।
मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। बैठक हिजोदेखि सुरु भएको हो। पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाइएको हो।
आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment