डा. सञ्जीव गुप्तासहित ४ जना नेपालीले पाए अमेरिकाको फूलब्राइट छात्रवृत्ति

डिसी नेपाल
१ जेठ २०८० ७:५९
784
Shares

अमेरिका। अमेरिकामा नेपालका डा. सञ्जीव गुप्तासहित चार जनालाई फूलब्राइट स्कलरसिपद्वारा सम्मान गरिएको छ।

अमेरिकी सरकारद्वारा विभिन्न मुलुकका अति उत्कृष्ट, समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका र पढाइमा जेहेन्दार व्यक्तिलाई लक्षित गर्दै दुई वर्षका लागि सो छात्रवृत्ति दिइन्छ।

डा. गुप्तासँगै लेखक तथा अभियन्ता सरिता परियार, नेपाल सरकारका उपसचिव शिशिर लामिछाने, नेशनल फरेन्सिक अफिसका वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत रस्मिता सुवाल यो छात्रवृत्ति पाएका छन्।

डा. सञ्जीव गुप्ताले सामुदायिक अस्पताल स्थापना गरेर नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। डा. गुप्ता भक्तिवेदान्त हस्पिटलको सिईओ पनि हुन्।

यो छात्रवृत्ति जित्नेले अमेरिकाका अति उत्कृष्ट विश्वविद्यालय मा अध्ययन गर्न पाउनुका छन् साथै उनीहरुलाई व्ज्ञ भिजामा अमेरिका पठाइनेछ। उनीहरुलाई जहाजको टिकटदेखि खाना बस्नको सम्पूर्ण सुविधासहित जनही १ लाख डलर, नेपाली रुपैयाँ १ करोड तीस लाख प्रतिवर्ष पाउनेछन्।

जुन अमेरिकाका औषध श्रमिक व्यक्तिहरूको तुलनामा झण्डै दोब्बर हो। सन् २०२३, फलमा मास्टर्स डिग्रीको लागि उक्त छात्रवृत्ति नेपालबाट क्रमस डा. सञ्जीव गुप्ता, सरिता परियार, शिशिर लामिछाने र रस्मिता सुवालले पाएका हुन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *