बलात्कार पछि हत्या गरी फरार २ जना १६ बर्ष पछि पक्राउ

डिसी नेपाल
८ जेठ २०८० ८:०३
196
Shares

सुनसरी। १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुईजना पक्राउ परेका छन्। धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार पछि हत्या गरेर १६ बर्ष देखि फरार रहेका दुई जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लगिएको थियो।

जसअनुसार १० दिनको म्याद थप गरी उनीहरु माथी अनुसन्धान अगाडि बढाइएको मल्लले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको सो अपराध स्विकार गरेका छन्।

गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणाेदय धर्मशालामा लगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवैजनाले स्विकार गरेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *