लक्ष्यभन्दा कम राजस्व असुली

डिसी नेपाल
१० जेठ २०८० १४:०७
60
Shares

झापा। आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको जनाएको छ।

जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए। उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व संकलन भएको उनले जानकारी दिए।

प्रमुख कर अधिकृत रिजालका अनुसार संकलन भएको रकममध्ये करिब रु एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताबाट संकलन भएको थियो ।

मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट रु ३७ करोड ३६ लाख १७ हजार राजस्व संकलन गरिएको थियो। प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व संकलन नभएको बताए।

“सबै क्षेत्र आर्थिक संकटमा चुलिएको छ”, उनले भने, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख करअधिकृत रिजालले जानकारी दिए।

आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उनको भनाइ थियो। उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन्। – रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *