खुकुरी प्रहारबाट युवतीको हत्या

डिसी नेपाल
१२ जेठ २०८० ११:३१
1.5k
Shares

संखुवासभा। संखुवासभामा एक युवतीको खुकुरी प्रहारबाट हत्या गरिएको छ।

खाँदबारी नगरपालिका-१ मा शुक्रबार २१ वर्षीया युना दर्नालको खुकुरी प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ। उनको सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको प्रहरीको भनाइ छ।

युनाको हत्या गरेपछि आफ्नै पेटमा खुकुरी प्रहार गरेर आत्महत्याको प्रयास गरेका नन्दरामको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *