गाँजाखेतीको प्रस्तावले पूर्वमन्त्री तामाङ खुशी

डिसी नेपाल
१५ जेठ २०८० २१:३८
48
Shares

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८०र८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्वजनसङ्ख्या तथा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।

नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आ एका नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, “सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।”




प्रतिक्रिया

One thought on “गाँजाखेतीको प्रस्तावले पूर्वमन्त्री तामाङ खुशी

  1. अलि राम्रो चिन्तन भएको छ।
    जय होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.