सुनको मूल्यले तोड्यो रेकर्ड, चाँदीमा पनि वृद्धि

डिसी नेपाल
१९ जेठ २०८० १०:४१

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले दिन प्रति दिन बढ्दै गएको छ। शुकबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

बिहीबार प्रति तोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *