बाढी पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन (भिडियो)

डिसी नेपाल
४ असार २०८० १३:४२
44
Shares

काठमाडाैं। संसदीय समितिले हालै बाढी र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले बाढीपहिरोमा परि वेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

बैठकले बाढी र पहिरोका कारण अवरुद्ध सडकखण्ड सूचारु गर्नका लागि मर्मतसम्भारलाई अघि बढाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रभावित क्षेत्रमा सेना, सशस्त्र र प्रहरी पुगेर उद्धार कार्य गरेको र अवरुद्ध सडकहरु पनि खुलाउने प्रयास भइरहेको जानकारी दिए।

त्यस्तै मन्त्री ज्वालाले आफ्नो मन्त्रालयगत बजेटका बारेमा जानकारी दिँदै मुख्य सडकहरु निर्माणका लागि बजेट नघटाएको दावी गरे। उनले आयोजनाहरुलाई छिटो काम गर्नका लागि कार्ययोजना बनाएर जाने र विना तयारीका आयोजनाहरुको मन्त्रालयबाट टेन्डर नहुने बताए।

उनले तयारी भएका योजनाहरु आर्थिक बर्ष सुरु हुने बितिकै सुरु गर्ने र जेष्ठ मसान्तसम्म कार्यसम्पन्न गर्ने गरि कार्ययोजना बनाउने बताए।

बैठकमा सांसदहरुले विना अध्ययन महत्वपूर्ण आयोजनाहरुको बजेट घटाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद प्रदीप पौडेलले पूर्वाधार क्षेत्रका बजेट कटौति गरेर प्राथमिकतामा नराखेको हो की भन्ने आभाष भएको बताए। उनले पूँजीगत खर्च नै कम भएको थाहा भएको भए त्यही अनुसार नै योजना बनाउनुपर्ने बताए।

त्यस्तै सांसद सिके राउतले पूर्वाधार अन्तर्गत छुट्टाइएको बजेटको बितरण समान हुन नसकेको बताउनुभयो । उहाले पहुँचका भरमा बजेट दिने कार्यले अन्य क्षेत्रमा अन्याय हुने उल्लेख गरे।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले आगामी आर्थिक बर्षको बिनियोजित बजेटका बारेमा जानकारी गराएका थिए।

हेनुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.