पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

डिसी नेपाल
१५ असार २०८० १७:०४
22.8k
Shares

काठमाडौं। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।

ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि प्रहरीले बाँके पठाउने तयारी गरेको छ।

उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए ।

उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *