माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
१५ असार २०८० २१:०९
1.4k
Shares

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–३ मदनपुर घर भई काठमाडौं टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई पानीजहाजमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–५ कालोपुलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *