संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित
काठमाडौं। संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन्।
कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय भएका छन्। त्यसैगरी समावेशी सदस्यमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी भएका छन्।
निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिए।
नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment