नारायणगढ-मुग्लिन सडक सुचारु

डिसी नेपाल
१७ असार २०८० १५:५३

काठमाडौं। अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन-नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

सडकको पहिारो हटेपछि तीन बजेदेखि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सोही स्थानमा गत बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *